गुरुङहरुको नयाँ वर्ष एवम् ल्होसार २०८२ (तमू सम्वत् २६१०) को पावन अवसरमा देश विदेशमा रहनुहुने तमू तथा गैर तमू जातीको सम्पूर्ण ङोलो-ङोल्स्यो, भाइबन्धु, चेलिबेटी, इस्टमित्र तथा सम्पूर्ण मान्यजनप्रति ल्होम्बाँस युवा क्लब परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यस महान पर्वले संसारभर छरिएका रहनुभएको गुरुङहरुमा एकता सृजना होस् र गुरुङ हुनुमा गर्व हुने भावना जागृत होस् । 🎗️🎉🎊🎈
ल्होसार २०८२ को पावन अवसरमा सप्रि ल्हो (सर्प वर्ग) लाई विदाई गरेर त ल्हो (घोडा वर्ग) लाई स्वागत गर्दै पच्यु चिवाहरुद्वारा लग्दा क्होइम्बो धिंमा पूजा आराधना, बोन धर्म अनुसार दैबिक रोकबार तथा गाउँलेहरुलाई रुपा (मन्त्रित धागो) लगाई स्याई गर्ने र सुभेच्छा व्यक्त गर्ने कार्यक्रम सफलतापूर्वक सञ्चालन भएको छ । कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने आमा समूह तथा क्लबका सदस्यहरु लगायत सम्पूर्ण गाउँबासीहरुलाई हार्दिक धन्यवाद 🙏🎗️💝








