तमुहरुको बेद विधि अनुसार "पशु बलि" किन चढाइन्छ?

1
तमुहरुको बेद विधि अनुसार "पशु बलि" किन चढाइन्छ?
बलि अर्थात् काटमारको बिषयलाई लिएर तमु समाजमा थुप्रै विवादहरु देखा नपरेको होईनन् । विशेष गरेर तिब्बतियन लामावादको प्रचलनले गर्दानै तमु समाजमा यी विवादहरु देखिन अएको कुरा स्पष्ट छ । लामावादहरुले सिंगो तमु समाजलाई नै बलि प्रथाबाट हटाइ आहिंसाको मार्गमा हिंडाउन गौतम बुद्धको सिद्धान्त तमु सस्कारमाथि लाद्न चाहन्छ । हामी तमुहरु गौतम बुद्धको सन्तान होईन, तमु प्राकृतिक शक्तिदेखि माथि आकाशबाट उत्पति भएर अएको खे-माँ को सन्तान हौं। यसरी तमु पुर्ब प्रचिनकालदेखि उत्पति भएर आएको हुनाले विभिन्न प्राकृतिक तथा दैवी समस्याहरुसंग पनि जुध्नु परेको थियो, जसलाई बलि दिएर मात्रै सन्तुस्ट हुने थियो । तर यी तमुको पूर्व प्राचिन धर्मग्रन्थ, सस्कार रितिरिवाज र भाषा के थियो भनेर धेरै पछि जन्मेको बुद्धलाई अघि राखेर हिन्ने लामालाई के थाहा हुन्छ र? हामी तमुहरु पच्यु-क्ल्हेप्री र बोन्पो लमको शास्त्र मार्फत प्रभु परमेश्वर कहाँ पुग्नलाइ पितृ-पुर्खाको बाटो हुदै पुग्ने प्रार्थान गर्दछौ ।
जो उहाँसम्म पुग्गलाई अनगिन्ती मार्गहरु छन्, जो प्ये- विधि, खोला-नाला, डांडा,उकालो ओरालो यी सबै परमेश्वरलेनै सृजना गर्नु भएको थियो ।प्रभु परमेश्वरले यशु सृष्टी गर्नु हुन्छ र नाश पनि गर्नुहुन्छ । उहाँको लीला अपरंपार छ, हुन त कुनै पनि जिउँदो शरीर प्रमेश्वर कहाँ पुग्न सकिदैन तर यो जिउदो शरीरलाई दुख दिने आत्माहरु पनि छन् जो पहिले नै परमेश्वरसंग बाचामा बाँधिएको थियो । 
यसबाट मुक्ति हुनलाई तमुहरुको शास्त्र अनुसार "ङो-मै प्ये बिधि र बलि दिनुपर्ने हुन्छ । जब यो जिउदो शरीर लाशमा परिणत तब शुद्ध आत्मा परमेश्वर कहाँ जानलाई दुष्ट आत्मा देखि टाढा भाग्न खोज्छन् तर दुष्ट आत्माले जान दिदैनँ सताउने काम जारि नै रहन्छ र स्वर्ग पुग्न सक्दैन, त्यसैले यस दुष्ट आत्मालाई नास गर्न र दबाउनको लागि प्रभु प्रमेश्वर अथवा शक्तिशाली स्याम क्रोलु पच्यु र पग्रे पच्युले आफ्नो पाँच शक्ति प्रयोग गरि एक विकराल शक्ति उत्पन्न गर्नुभयो । जसलाई तमु शास्त्रमा यस विकराल शक्तिलाई फैलंग महासर्की रहोरे फेला कर्ने छ्योंबूको नामले पुगरिन्छ र यी शक्तिलाइ पुकारी ती दुष्ट आत्माबाट शुद्ध आत्मालाई मुक्ति प्राप्तको लागि प्रार्थना गर्दै बाचा गरि बलि चढाउछौ र यस दुष्ट आत्मा शर्भिमो को पन्जाबाट फुकाई स्वर्ग "तार्किला मर्किला इचाई देब चैगी सिन्ग्मा" पुराउने महायज्ञ गर्नु पर्छ जसलाई "पय" खस् भाषामा अरघुम भनिन्छ हामी तमुहरुले बलि दुष्ट आत्मालाइ र प्रभुको विकराल शक्तिलाई फैलंगको नाममा चढाउने गर्छौं ।

Post a Comment

1 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. यसु प्रभु परमेश्वर कहाँ बाट आयो फेरि ?

    ReplyDelete
Post a Comment

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top