श्री सम्बन्धित सबैमा,
उपरोक्त सम्बन्धमा यस ल्होम्बाँस युवा क्लब, चापाकोट-४, लग्दाद्धारा ३८ औ वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजया दशमीको पावन अवसरमा आयोजित साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम-२०८३ निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरुको टिम सहभागी गराइदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
कार्यक्रम तालिका
- उद्घाटन मिति : २०८३/०७/०५ गते
- समापन मिति : २०८३/०७/०८ गते
- स्थान : श्री जनस्वामी आधारभुत विद्यालय, खेल मैदान
- टिम दर्ता मिति: २०८३/०७/०४
पुरस्कारहरु
- प्रथम पुरस्कार : रु ६०,०००/ ट्रफी, मेडल र प्रमाण पत्र ।
- द्वितीय पुरस्कार : रु ४०,०००/ ट्रफी, मेडल र प्रमाण पत्र ।
- तृतीय पुरस्कार : रु २०,०००/- ट्रफी, मेडल र प्रमाण पत्र ।
उत्कृष्ट विधाका पुरस्कारहरु
* उत्कृष्ट सेटर : ट्रफी, मेडल र प्रमाण पत्र ।
* उत्कृष्ट स्पाइकर : ट्रफी, मेडल र प्रमाण पत्र ।
* उत्कृष्ट डिफेण्डर : ट्रफी, मेडल र प्रमाण पत्र ।
* उत्कृष्ट सर्भर : ट्रफी, मेडल र प्रमाण पत्र ।
* उत्कृष्ट ब्लकर : ट्रफी, मेडल र प्रमाण पत्र ।
* उत्कृष्ट खेलाडी : ट्रफी, मेडल र प्रमाण पत्र ।
* अनुशासित खेलाडी : ट्रफी, मेडल र प्रमाण पत्र ।
* उदायमान खेलाडी : ट्रफी, मेडल र प्रमाण पत्र ।
प्रवेश शुल्क
रु. ५,५००/-
भलिबल नियमहरु :
१. खेल नेपाल भलिबल संघको नियमानुसार / SCORING POINT (T.T) अनुसार खेलाइनेछ र मान्यता प्राप्त भलिबल रेफ्री द्वारा खेलाइनेछ ।
२. खेलाडी संख्या ९ जना कोच र म्यानेजर सहित ११ जना हुनुपर्नेछ ।
३. प्रत्येक खेल टिमले तालिका सार्वजनिक भएसंगै निर्धारित समयभन्दा ४५ मिनेट अगाडी अफिसियल डेक्समा उपस्थित भई आफ्नो टिमको ग्राउण्ड रिपोर्टिङ्ग गर्नुपर्नेछ ।
४. खेलमा कुनै विवाद आएमा रेफ्री र आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
५. खेलमा लागूऔषध तथा मादक पदार्थ सेवन गरी उपस्थित हुन पाइने छैन ।
६. खेलमा नंबर अंकित जर्सी अनिवार्य हुनुपर्ने छ ।
७. खेलाडीहरुको लागी प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ तर गम्भिर चोट लागेमा सहभागि सम्बन्धित टिमले नै उपचारको व्यवस्था गर्नुपर्नेछ ।
८. खेलमा साविक वडा भन्दा बाहिरको २ जना खेलाडी समावेश गर्न पाइने छ ।
८ गते स्थानीय कलाकारहरुको विशेष सांस्कृतिक प्रस्तुती
पदाधिकारीहरू:
* अध्यक्ष: भेल प्रसाद गुरुङ (९८२६६९३९७८)
* उपाध्यक्ष: रुद्र गुरुङ (९८०६७६३२८३)
* सचिव: विकास गुरुङ (९८६४८९१३६६)
* सह-सचिव: संगम गुरुङ (९८२०७०९७५२)
* कार्यक्रम संयोजक: सुवास गुरुङ (९८०५८१६३२४)
* कार्यक्रम सह-संयोजक: दिपेन्द्र सिहं (९८१९१३०१११)
* खेल संयोजक: किसान गुरुङ (९८२६१६३२०५)
* खेल सह-संयोजक: युनेश गुरुङ (९७०५७११५४९)
नोट: टाढा बाट आउने खेलाडीहरुलाई खाना र बस्नको व्यवस्था गरिएको छ ।

