गाइडाँडाको अरघुमको पहिलो दिन आँला पुज्ने काम हुँदै

0
स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ४ लग्दाका स्व. कर्ण बहादुर गुरुङ र बुद्विसरा गुरुङ तथा वालिङ नगरपालिका वडा नं. ५ आरुपाटाका स्व. सोम प्रसाद गुरुङको अर्घुमको आज पहिलो दिन झण्डा पुज्ने (आँला ट्वोँबा) काम गर्दै ।

आँला मृत्यु पश्चात तमु (गुरुङ) हरुको आफ्नो पितृ कार्य गर्दा अति महत्वपूर्ण त्हें यानिकी यज्ञ मानिन्छ । तमु प्येतॉ ल्हुतॉ अनुसार म्होंसी त्हेँ सकेपछि यो आँला उठाएरै मात्रै अर्घुम (पय) शुरु हुन्छ र आँला सेलाएरै मात्र अर्घुम सम्पन्न हुन्छ । 

“आँला” झट्ट हेर्दा झण्डा जस्तो देखिन्छ । यो ८ हात लामो हरियो बाँसमा सेतो र अन्य कपडाहरु लपेटेर विभिन्न फूल र पातहरुले सजाएर तयार गरिन्छ । यो बनाउनुको अर्थ गुरुङहरुको वेद शाष्त्र अनुसार मृतक आत्मा (सि म्हि)लाई यस नर्क लोकबाट विभिन्न यज्ञ विधि (प्ये छ्य ल्हु) गरि आफ्नै पितृ-पुर्खा (खेमाँ)सम्म लिन गराउनको निम्ति तयार पारिएको बाटो हो । यो आँला पितृ कार्य गर्दा ३ दिनसम्म मृतकको बस्ने घरको धुरीमा ठड्याएर राखिन्छ ।

यो पच्युले ह्यार्गा र पद छ्याँबो अर्थात् तौदु र ट्यांकी बजाई बनाउन सुरु गरिन्छ । यसलाई परिवार, दाजुभाइ खलक, गाउँले इस्टमित्र र मावलीहरुले ल्याएको प्रसाद अर्पन गरेर सकेपछि मात्र घरको धुरीमा राख्नको लागि ल्हो (बर्ग) जुरेको त्हरकाली (आँलाको सम्पूर्ण जिम्मेवारी लिन चुनिएको व्याक्ति)ले घरको धुरीमा लगेर ठड्याउँछ । पच्यु गुरुहरुले मृतक आत्मा (प्लह) लाई विभिन्न यज्ञ गर्दै फकाउदै बोलाएर आफ्नो जग्गेमा ल्याउछन् । यसरी मृतक आत्माहरु आउने बेला यहीँ आँलालाई हेरेर आउने कुरा शाष्त्रमा उल्लेख गरिएको पाइन्छ । आँलालाई पछ्याएर मृतक आत्मा घर आएपछि प्ल (मूर्ती)मा आत्मालाई प्रतिस्थापन गरेर विधिवत रुपमा ३ दिने अरघुम गरेर सकेपछि आँला र मूर्ती सेलाउने वा जलाउने काम गरिन्छ । त्यसपछि मात्र मृतक आत्मा पूर्ण रुपमा स्वर्ग लोक पुग्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top