हामी गुरुङ हुनुमा गर्ब गर्छौँ तर गुरुङ भएको नाताले हामीले हाम्रो के बुझ्नु जरुरी छ त ?

0
Proud to Be Gurung
हामी तमु (गुरुङ) जातीहरु एक हौ तमुहरुको सभ्यताको बिकास प्राचीनकाल बाटनै भएको बुझिन्छ तर लिपिबद्ध भाषा थियो या थिएन त्यो एक खोजको बिषय हो । यदि लिपि भैदिएको भए कुनै न कुनै दस्तावेका अंशहरु हामी माझ आइपुग्नु पर्ने हो । इतिहासमा बाहिरी अतिक्रमणबाट पुस्तकहरु नस्ट भएता पनि पुनःर्लेखनका किताबहरु नपाइएकोले तमु क्योइ, अर्थात तमु भाषा लिपिबद्ध थिएन भन्ने अडकल काट्न सकिन्छ । विश्वमा कयौं भाषाहरु यस्तै मौखिक रूपमा बोल्ने तर लिपीबद्ध नहुनले कतिपय लोप भैसकेको र कतिपय लोपोन्मुख अवस्थामा पुगेको छ । र लोपोन्मुख अवस्थामा पुगेको एउटा समुदायको भाषा तमु क्योई, पनि एक हो ।
आउनुहोस् भाषाको बारेमा केही चर्चा गरौं । टिबटो बर्मन भाषा परिवार अन्तरगत पर्ने तमु क्योई, गुरुङ भाषा हजारौं सालमा कयौं स्थानातरण र भौगोलिक कारण अनि भिन्न भाषिक समुदायहरुसँगको सामीप्यताले फरक पार्नु एउटा पाटो हो भने पुस्तौं पुस्ता हस्तान्तरण गर्दा केही शब्दहरु लोप हुनु, फरक अर्थ लाग्नु, अपभ्रंश भइकन नयाँ शब्दको बिकास हुनु दोस्रो पाटो हो र यो स्वभबिक पनि मान्न सकिन्छ ।
यदि हाम्रो भाषा पनि लिपीबद्ध भैदिएको भए हामी यो अवस्थामा आइपुग्ने नै थिएन । मौखिक रूपमा मात्र बोलिने भएकोले कति हदसम्म गुमेको रहेछ त विश्लेषण गरौं । हामीले गुरुङ भाषा बोल्न जानेको छौं भनेर फुर्ति लगाउने ठाउँ समेत अब रहेन । ईमान्दार भएर तपाईंले बोल्नुभएको गुरुङ भाषालाई यदि शुद्धता नाप्ने हो भने केबल 50% मात्र तपाईले गुरुङ भाषा बोल्नुहुन्छ । बाँकी 50 प्रतिशात मध्ये 30% नेपाली, 10% हिन्दी र 10% अंग्रेजी बोल्नुहुन्छ । झन् अहिले आएर बाबु आमा चाँँई गुरुङहरुको मौलिकता बचाउनुपर्छ भनेर विभिन्न तमु संघ संस्थाहरुमा आबद्ध देखिन्छन् तर छोराछोरीलाई गुरुङ भाषा सिकाइदैँँन किनकि कसैलाई गुरुङ बन्नु छैन । सबैलाई आमेरिकन बन्नु छ, जापानीज बन्नु छ, जर्मन बन्नु छ अनि फ्रेन्च बन्नु छ । कम्तीमा पनि हिन्दी सिकेर भारतीय बन्नु छ । सबै बन्न सकिदोँँ रहेछ, सबैको भाषा सिक्न सकिदो रहेछ । तर गुरुङ बन्न किन सक्तैन ? गुरुङ भाषा सिक्न किन सक्तैनन् ? मेरो हेतु अरु भाषा सिक्नु नैै हुँँदैन भन्ने चाहीँ होईन । अनि कहाँनेर भयो तमु मौलिकताको संरक्षण ? कसरी भयो तमु भाषाको उत्थान ? लिपी त देबनागरी, रोमन, चाइनिज, जापानीज अनि कोरिएन जेसुकैमा लेखौला रे तर गुरुङ भाषा त जान्नुपर्यो नि होईन र ? सबै खोलिएका संघ संस्थाहरुको एजेन्डा शायद तमु मौलिकता संरक्षण नै हुनुपर्ने हो । तर आफैं अन्धाधुन्ध हिँड्नेहरुले सम्पुर्ण तमु समाजको नेतृत्व गरेको भन्न सुहाउँदैन । गाडी गुड्नको लागि एउटामात्र टायरमा हावा भरेर पक्कै हँदैन । दुरदर्शी र बर्तमान अवस्थामा गर्नुपर्ने गृहकार्य नगरीकन हिँड्दा फेरि घुमेर एक शताब्दी पछाडी नै फर्किनु पर्ने भयो भने हाम्रो हालत कस्तो होला ? अब ढिलै भएपनी तमु लिपीको बिकास र प्रबर्द्धन गरि सम्पुर्ण तमु समुदायलाई मातृ भाषाको महत्त्वको बोध गराइ सिक्दै र सिकाउदै सबै तमुहरुलाई एकबद्ध बनाउन सकिन्छ भन्ने मेरो ठम्याइ हो । नत्र एकदिन हामी यस्तो अवस्थामा पुग्नेछ जूनबेला हामी सँग केबल गुरुङ थरको नागरिकता र पासपोर्ट मात्र रहनेछ, अरु सबै चिलिम ।
मान्छेहरु जतिसुकै उचाइमा उडे पनि एकदिन जमिनमा झर्नेपर्छ । त्यतिबेला नत फेरि उड्न सक्छ न त हिँड्न सक्छौँँ हामी तमूहरु… जय तमू, जय तमूवान…

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top