ल्होम्बाँस युवा क्लबको ३६ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८१” लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, खेलाडी, कलाकार, दर्शक, गाउँ बासी, छिमेकी गाउँबासी, क्लबका सदस्यहरु, सल्लाहकार तथा देश विदेशमा रहेर कार्यक्रमलाई आर्थिक, भौतिक तथा भावानात्मक रुपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछौं । यहाँहरु सबैको सहयोग बिना हामीले कार्यक्रमलाई पक्कै पनि सफल बनाउन सक्दैनथ्यौं । यहाँहरुको अमूल्य र अतुलनीय योगदान प्रति युवा क्लब सधैं ऋणी रहनेछ । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरि कार्यक्रममा भएको आम्दानी तथा खर्चको विवरणलाई पारदर्शिक ढंगमा सार्वजनिक गर्न गइरहेको छौं । आय-व्यय सम्बन्धि कुनै जिज्ञासा भएमा क्लबको वर्तमान कार्यसमितिलाई प्रत्यक्ष भेटेर बुझ्न सक्नुहुनेछ ।
३६ औँ वार्षिकोत्सव तथा विजया दशमी कार्यक्रमको आय व्यय विवरण
October 24, 2024
0
Tags
Share to other apps