गुरुङ शास्त्रमा पुतली (त्हमला) को बारेमा अनौठो तथ्य

0
गुरुङ शास्त्रमा पुतली (त्हमला) को बारेमा अनौठो तथ्य
तमु च्वोँ क्युइ भाषामा पुतलिलाइ (त्हमला) भनिन्छ । प्राचिन, काल (सकेम मुकेम केबै क्ल्ह्ये), सति युगमा (लारा कु) ९ घाम, (ङिरि प्रे) ८ जुन उदयमान हुने बेला, पृथ्वीमा कुनै प्राणि बच्न र बस्न संभव थिएन ।
शक्तिशाली क्ल्हे गुरूहरु क्ल्हे (कर्गलि क्ल्हे) ले विभिन्न विधीहरू गरे । ९ घाम र ८ जुन नै दुष्ट मो हो । यसलाई पतन गर्दा पृथ्वीमा शुन्य अध्यारोनै अध्यारो भयो फेरि अध्यान गरि (त्हेँ) यज्ञ गर्न सुरू गरे । यी (प्यै) अर्घुँ विधिहरू गर्नको लागि ठुलो यज्ञ गरि एक घाम र एक जुनको उत्पति गर्न सफल भए । अहिले मात्र एकै घाम र जुनले पनि कति शक्ति दिन्छ भन्ने कुरा अनुभव भएपछि ९ घाम र ८ जुन ले कति शम्मको शक्ति दियो होला ? जुन पृथ्वीमा कुनै प्राणिहरू बस्न र बच्न संभव थिएन । दुष्टमोलाई नष्ट गर्नको लागि विभिन्न विधिहरू गरे र सफलता प्राप्त पनि भए । विभिन्न प्राणिहरूको सृष्टी भए र बिस्तारै विकसित पनि हुदै गए । तमु धर्म गुरूहरूको प्ये शास्त्र, प्ये ताँ ल्हु ताँमा पनि छर्लङ्ग देखिन्छ, भनिन्छ वैज्ञानिक सत्य तथ्यमा पनि आधारित देखिन्छ । 
घाम जुनको प्यै गर्दा पुतलिले (सिलच्यो) झ्यालि बजाएर सहयोय गरे । पुतलिको रूप बनावट पनि अवलोकन गर्यो भने पत्यार लाग्न सक्दछन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top