FAQs

नमस्कार ! ल्होम्बाँस क्लबको अनलाइन सञ्जालको FAQs Page मा यहाँलाई स्वागत छ । यहाँ तपाईंले आफूूलाई जिज्ञासा लागेको प्रश्नहरुको उत्तर पाउन सक्नुुहुन्छ ।
१. ल्होम्बाँस के हो र यो नाम कसरी रहन गयो ?
ल्होम्बाँस मल्याङ्कोट - ३ (लग्दा) स्याङ्जा, गण्डकी, नेपालमा अवस्थित एक लोक कल्याणकारी सामाजिक संस्था हो ।  थप जानकारीको लागि  About us पेज हेर्नुहोस् ।
२. यस वेवसाइटमा एक पाहुना (visitor) र सदस्य (member) को हैसियतले तपाईंलाई के के गर्न अनुमति छ र के के गर्न अनुमती छैन ?
तपाईं यस वेवसाइटमा पस्नको लागि निश्चित नियम, कानुन र आचार संहिता भित्र सिमित भई लेख रचनाहरु पढ्न, टिका-टिप्पणी गर्न, सुझाब/सल्लाह र आफ्ना लेख रचनाहरु पठाउन, अनलाइन सदस्यता (free membership) लिन, स्टाटस लेख्न, अनलाइनमा साथी बनाउन, फोटो र भिडियोहरु अपलोड गर्न, साथीहरुसँग सामुहिक (group) र व्याक्तिगत (private) कुराकानी (chat) गर्न । यस बाहेक तपाईंलाई संस्थाको चरित्रमा आँँच आउने कुनै कामहरु गर्न मनाहि छ । यदि कसैले यसो गरेको पाइएमा स्थायी रुपमा यस वेवसाइट प्रयोग गर्नबाट बञ्चित गराइने छ र अपराध अनुसार सजाय दिलाइने छ । थप जानकारीको लागि हाम्रो  Term and Condition पेज हेर्नुहोला ।
३. मेरो ब्याक्तिगत परिचय र मेरो बारेमा सबै गोप्य रहनेछन कि छैनन् ? 
तपाईंको सबै ब्याक्तिगत परिचय, सम्पर्क गर्ने माध्यम (ईमेल, फोन नंबर, ठेेगाना आदी) गोप्य रहनेछन् र कुनै ब्याक्तिगत स्वार्थको निम्ति प्रयोग गरिने छैनन् । थप जानकारीको लागि हाम्रो  Privacy Policy हेर्नुहोला ।
४. म कसरी ल्होम्बाँसलाई सहयोग र योगदान गर्न सक्छु ?
ल्होम्बाँस क्लब तपाईंको योगदानलाई उच्च मुल्यांकन र कदर गर्ने छ । तपाईंले क्लबलाई आर्थिक अनुदान, सल्लाह/सुझाव, हाम्रो बारेमा अरुलाई बताएर र अन्य माध्यमबाट सहयोग गर्न सक्नुहुनेछ । आर्थिक सहयोग अनलाइन डोनेसन वा बैंकिङ कारोबार र हाम्रा क्लबका सदस्यहरुलाई भेेटेर गर्न सक्नुहुनेछ र तपाईंको नाम र योगदान क्लबको  दाताहरु लिस्टमा सधैँको लागि बस्ने छ । थप जानकारीको लागि  Contact us पेजमा गएर सम्पर्क गर्नुहोला ।
पुनःश्च : यो  FAQs निरन्तर, बृद्वि र दिनहुँ परिमार्जित हुन सक्छ । तपाईंको जिज्ञासा सोध्न वा प्रतिक्रियाको लागि हाम्रो Feedback पेजमा गएर पठाउनुहोला । धन्यबाद ! (alert-success)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top