About us

ल्होम्बाँस युवा क्लब चापाकोट न.पा. वडा नं. ४ (साविक मल्याङ्कोट-३) लग्दा, स्याङ्जा, गण्डकी, नेपालमा अवस्थित एक लोक कल्याणकारी सामाजिक संस्था हो । लग्दा नाम "लगता" बाट पुर्नःमार्जित भएर आएको परिवर्तित नाम हो । यो समुद्री सतहबाट १०२८ मिटरको उचाइमा पर्दछ । सामान्य खालको हावापानी रहेको यो क्षेत्र निकै रमणीय र नमूना गाउँको रुपमा रहेको छ । विशेषगरी तमू (गुरुङ), कुँवर, ठकुरी र परियार जातिहरुको बाहुल्यता रहेको यो ठाउँमा सुन्दर प्रकृति र वातावरणसँग रमाउन पाउनुको साथै प्राचीन कला, संस्कृति, भेषभूषा, रहनसहन, रितिरिवाजको समेत विस्तृत अध्यन गर्न पाइन्छ ।

अवस्थिती :

  • पूर्व : तल्लो च्यारे, घुर्लीचौर, मल्याङ्कोट आदी ।
  • पश्चिम : हर्सेडाँडा, मिनाङ्कोट, जगतभञ्याङ आदी ।
  • उत्तर : माथिल्लो च्यारे, तलाथोक मनकामना आदी ।
  • दक्षिण : बडहरे, दिप्का आदी ।
Longitude: 83°50'27.23" Latitude: 27°57'54.14" 
 
जातजाती : गुरुङ, ठकुरी, दर्जी, कुँवार आदी ।

आकर्षक केन्द्र

ठान पोखरी, देवी थान, शिव मन्दिर, राम्चे, लग्दा क्होंइबो धिं, आदी ।

धर्म

बोन, बौद्ध, हिन्दु आदी ।

सामाजिक संस्थाहरु

  • ल्होम्बाँस युवा क्लब
  • ल्होम्बाँस आमा समूह
  • ल्होम्बाँस बाल समूह
  • ल्होम्बाँस ज्येष्ठ नागरिक समूह

कार्यहरु र उदेश्यहरु :

  • विश्वमा छरिएर रहेका ल्होम्बाँसका सदस्यहरुलाई एकिकृत बनाउने ।
  • कला, संस्कृति, भाषा, धर्म, रितीरिवाज र परम्पराको संरक्षण गर्ने ।
  • सदस्यहरुमा भएको अन्तर्निहित प्रतिभाहरुलाई प्रस्फुटन गराउने ।
  • क्लबको गौरव बढाउने र सल्लाह सुझावको अपेक्षा गर्ने ।
  • सजिलै ब्लग अपडेटहरु, समचार, मनोरञ्जन, गित-संगित र भिडियो डाउनलोड गर्ने सुविधा प्रदान गर्ने ।
  • क्लवको भावी योजना र छिमेकी क्लबहरुको जुनसुकै कार्यक्रम र प्रसारण अनुरोध गरिएका सुचनाहरु सम्प्रेषण गर्ने ।
  • थाहा नभएका कला र संस्कृतिहरुको बारेमा नयाँ पुस्ताका भाइबहिनीहरुलाई सिकाउने आदी ।
हामी सामाजिक संजाल पनि छौं
सवधान : यस साइटमा रहेका सम्पूर्ण सामाग्रीहरु सबै क्लबको मर्यादा अधिकार भित्र रहेका छन । यदि क्लवको प्रतिस्ठामा आँच आउने केही अनैतिक काम वा साइटभित्र रहेका कुनै सामाग्री चोरी भएको पाइएमा क्लबको माग अनुसारको क्षतिपूर्ति असुल उपर गरिने छ । (alert-warning)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top