तले म्हों तोंब - गुरुङ मृत्यु संस्कारमा किन प्रतात्मा छुट्याइन्छ?

0
Tale Mho Thoba

तले म्हों तोंब?

मानव मृत्यु पश्चात मृतकको प्ल्ह (हंष) प्रेतात्माले आफ्नो अधिनमा राखेको हुन्छ । त्यस प्रेतात्माको बन्धनबाट मुक्त पाउनको लागि मों तोंब त्हें गरिन्छ । कुनै पनि मानव जिबित हुदमै स्वर्ग प्राप्ति गर्न सक्दैन त्यसैले यस धर्तीमा जन्म र मृत्युु भनेको प्राकृतिक शक्तिको लिला हुन् । मानव शरीर प्रकृतिक शक्ति पंचतात्व आकाश, धर्ति, आगो, हावा र प्रकृतिक दैविक शक्ति आत्माको सम्मिश्रणले गर्दा जीवित हुन्छन् । हामी जब मृत्यु हुन्छौँँ, हाम्रो शरीर चाहिँ यिनै पञ्च तत्वमा परिवर्तन हुन्छन भने शुद्ध आत्मालाई प्रेतात्माले स्वर्गमा जान नदिएपछि यहि मृत्युलोकमै भौतारी रहेको हुन्छन् । त्यसैले हाम्रो तमु जातिको प्रकृतिक बोन धर्म प्येताँ-ल्हुताँ अनुसार मृत्युपछी स्वर्ग प्राप्तिको लागि यस धर्तीमा शुद्ध आत्मा मात्रा नभई अत्भुत्शक्ति दुष्टत्मको पनि राज्य भएको हुनाले यस प्रेतात्मा - मों बाट छुटकारा पाउनको लागि विभिन्न किसिमको धार्मिक कार्यविधिहरु गर्नुपर्ने अति आवश्यक भएको देखिन्छ ।
यस मध्ये "मों तोंब" तमु प्ये-शास्त्र अनुसार जो मान्छेलाई प्राकृतिक अत्भुत शक्ति पाँँच किसिमको मोकु, ट्हिकु, चैकु, रिकु र थाकुको कारणले मृतु भएको हुन्छन जस्तै-थाकु, मोकुले सानो बच्चाहरु; चैंकूल, ट्हिकुले बिकालमा र रिकुले चाहिँ आयु पुगेकोलाई लान्छन । यसरी यी ५ चबै चैदें मों ले खाएपछी भौतिक शरीरलाई छोड्छन र मृत्त अत्माचाही ङयालावाई नसामा यानिकी नर्गलोकमा सर्भि मों भन्ने मों ले बन्धनमा थुनेर दु:ख दिई रहेको हुन्छ । यस प्रेतात्माबाट छुटकारा पाउनको लागि खेगी पच्यु चिबहरुले मोदें चाब चैदें फ्रेब प्येहरु पढ्नुपर्ने हुन्छ; जसलाई मों तोंब त्हें भनिन्छ । यसमा सबभन्दा पहिला सबै सामानहरु तयार भएपछि आफ्नो क्ल्हा गुरुहरुलाई पुकारिन्छ र अरु प्ये डारीहरु पढेसकेपछी मों कोइबा प्ये शुरु हुन्छ ।
मों कोइसी गर्दा आफ्नो गाउँँ ट्हो-स्यों वाप्ले-क्होपले हुँँदै कुकुलाये महार्स्यो बस्ने आमासर्भिमों को पासमा पुग्नुपर्छ र सर्बिमों संग प्ये-बाच सम्झौता भएपछि मों चुब प्ये गर्दा घण्टा खोरों चुलो खांजे, तुन्गाला खोरों चुलो खाजें, सिल्चों खोरों चुलो खांजें भनि पढ्छन त्यसपछि मृतक आत्मालाई छोपेपछि मों ह्वाबा प्ये गर्दै मृतक आत्मालाई फकाउदै ल्याउनुपर्छ । जस्तै-मर क्योंये चह्कोजा, चह्मेंकोजा, मृक्होजा च्योंक्होजा कोइम-कोइछाई ङे, हुई, टहोक्रोमी-स्योक्रोमी र स्योंजीहरुले तिमीलाई खाना-कैक्रु, ताह्क्रु, स्याक्रु, पाक्रु, ङ्यॉकृ र चिक्रु तयार गरि राखेको छ ।तिमी यहाँ बस्ने होइन तल जाम भनि फकाउदै ल्याउनुपर्छ र मृत्त हंशलाई सिमी नासा चिहान डाँडामा आफ्नो चिहान यानिकी छागोंमा राख्छन र तयार पारेको टहौलु - प्रसाद चढाउँछौ । यो टहौलु मृतक हंशलाई अर्पन गर्ने बेलामा पच्यु गुरुहरुले प्ये भन्दै चढाउने गर्छन जस्तै - पहिला छोराबाट शुरु हुन्छ । "हये क्योंये चह्कोजा फलाना बिबै टहौलुरों.... हिआछेन सोलादोरों-थुअकोहना सोलादोरों.... तेल क्योंये मलेपले थुबा चबैं सैगारों .... हिआछेना छानारामों थुआकोहन छानारीमों ... कहीक्री तबाई प्ये अङी कहीक्री म्हबै ल्हु आङी.... ह्युलुहुरु बये प्ये लैमो ह्युलुगुरु बये छ्यां लैमो..... हिआछेदो छानारामों थुआक्होदो छानरिमों" अर्थात - तिम्रो छोराले फलनाले दिएको प्रसाद - टहौलु हो । केई नमानी खानु, साथी नखोजी खानु, हिजो तपाई म यसरी खान्छु - पिउछु भनेको मन थियो तर क्यों केहि नमान्नु साथी नखोज्नु । तपाई एउटै मर्ने शास्त्र होइन, तपाई एउटै हराउने संंस्कार होइन, परम्परा ह्युलाई गुरु अनुसार शास्त्र र संंस्कार गरेको छ, केइ नमान्नु र साथी नखोजी जानु भनि सिमीलाई फकाउनुपर्छ यसरी सबैले आफ्नो नाममा सिमीलाई यानिकी मृतात्मालाई प्रसाद अर्पन गरेपछि अन्तिममा आस्योंले प्रसाद र दुध चढाएपछि कुखरा झुन्डाउने काम शुरु हुन्छ । मृतकको प्ल्ह आएको कुखुराले थाहा पाउँँछ यसमा कुखराको बारेमा शास्त्र - नकै प्ये पढ्छन र त्यसपछि मों ह्वाब प्ये गर्छन अनि मों आएपछि कुखरा तर्सिएर उडछन् र मृतकको हंश -प्ल्ह आयो भनि थाहा हुन्छ त्यसपछि अन्तिममा मोंदें चैदें फ्रेब प्ये गरेर सकेपछि मानव मृत्युपश्चात गरिने संस्कार अन्तर्गतको अत्यन्तै महत्वपूर्ण मों त्हें सकिन्छ ।
*साभार - चुन प्लेँह तमु (फेेसबुकबाट) को लेखलाई आवश्यक परिमार्जन गरि तयार पारिएको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top