के फरक छ बोन र बुद्व धर्ममा? नेपालमा बोन धर्म मान्ने प्रमुख जातिहरु

0
Buddha vs Bon
बोन धर्म भन्नाले एक बाक्यमा अर्थ्याउनुपर्दा अन्य धर्मले मानव निर्मित मूर्तिलाई भगवान मानी पुजे जस्तै प्रकृतिलाई नै देबता मानेर पुज्नेे धर्म भन्ने बुझिन्छ । बौद्ध धर्मसँग मिल्न खोज्ने यो धर्म बौद्ध धर्मको प्रचार प्रसार बढेपछि ७ औ शताब्दीबाट कमी आएको इतिहास पाइएको छ । बौद्ध धर्ममा अहिंसाको पाठ सिकाउँँछ भने बोन धर्मले हिंसा गर्नुमा समर्थन गर्छन् । बोन धर्मको संंस्कारमा पाठ पुजा गर्दा पशुपंक्षीलाई भोग चडाउने गर्दछ तर बौद्ध धर्ममा भने हिंसालाई बिरोध गर्दछ । 
सिङसा कल्याण केन्द्रका उपाध्यक्ष छिरिङ्ग भोटेको स्नातोकोत्तर डिब्लोमा बौद्ध अध्यन बिभाग त्रि.बि. अनुसार बोन धर्म छ औ शताब्दी तिर तिब्बतमा मानिने गरेको र ७ औ शताब्दीमा भारतबाट बौर्द्धधर्मलम्बी नालान्द बौद्ध बिश्वविद्यालयका प्राध्यपक शान्त रक्षित नेपाल हुँँदै तिब्बत गई बौद्ध धर्मको बिस्तार गरेपछि बोन धर्मको प्रभाव कम भएको मानिन्छ । तान्त्रिक शक्तीमा बिशेष महत्व दिने बोन धर्ममा खेनपो-गुरु रिम्पोक्षे, लोपन-शान्त रक्षित, छ्योग्याल-तिब्बतीयन राजाको मिलोमतोमा बौद्ध धर्म बिस्तार गरी बोन धर्मको प्रभाब कम बनाएको सो अध्यनमा उल्लेख छ । बोन धर्मको संंस्थापक तन्पसेन्द्रुप गुरु मानिन्छ । यो धर्म बिश्वको प्रायः सबै ठाउँमा लोप भइसकेको अवस्था रहेको छ । नेपालमा बोन धर्म मान्ने जातिहरु !
१. तमु (गुरुङ) जाती 
२. चिमतन जाती मुस्ताङको कागबेनी र टुकुचे झाँक्री मान्ने थकाली । 
३. छन्त्याल जाती 
४. छेरोतन जाती, मुस्ताङको पाँच गाउँ, छैरो गाउँ, झाँक्रिबाद ५. जिरेल जाती, दोलखा जिल्ला, जिरु र जुगु झाँक्री 
६. ठिनताल जाती, मुस्ताङजो टुकुचे र कागबेनी बोन्पो
७. डोल्पा, डोल्पाली बोन 
८. ताङ्बे मुस्ताङको बारा गाउँ बोन्पो 
९. थकाली जाती थाकखोला, बोन्पो 
१०. दुरा जाती, लमजुङ दुर डाँडा बोन्पो 
११. मनाङे बोन घ्याप्रे लामा 
१२. ल्होमए जाती सँखुवसभाको अरुण नदिको किनर बोन्पो धामी 
१३. सुरेल जात, दोलखाको सुरे खोला झाँक्रि र राइ लिम्बु झाँक्री । 
१४. मगर झाँक्री 
१५. तमाङ बोनपो, ईत्यादी ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top