बडादशैँको अवसरमा ल्होबाँस युवा क्लवद्वारा सञ्चालित भलिवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न

0
ल्होम्बाँस युवा क्लवद्वारा विजया दशमी तथा दिपावली - २०७५ को पावन अवसरमा स्वच्छ प्रतिस्पर्धा र युवा भातृत्वको निम्ति कार्तिक ३ गतेबाट सुरु भएको साविक वडा स्तरिय भलिवल प्रतियोगिताको फाइनल कार्तिक ७ गते भएको छ ।
युवा क्लवको अध्यक्ष खिम बहादुर गुरुङको अध्यक्षतामा भएको भलिवल प्रतियोगिताको फाइनल खेलमा चापाकोट नगरपालिकाका मेयर शिव कुमार गिरी प्रमुख अतिथीको रुपमा हुनुहुन्थ्यो । कार्यक्रमको समाहरोहमा बोल्दै गिरीले विजयादशमी तथा दिपावलीको शुभकामना व्यक्त गर्दै आफू यहीँ भेगको स्थानीय जनताहरुद्वारा चुनिएको मेयर भएको हैसियतले यस भेगका शिक्षा, स्वास्थ, यातायात लगायत आर्थिक तथा सामाजिक पक्षका हर क्षेत्रमा तन र मनले लाग्ने प्रतिबद्वता जाहेर गर्नुभयो । साथै लग्दा गाउँको क्लवको लागि व्यवस्थित खेल मैदान एवम् क्लव भवन निर्माणका लागि बजेट समेत बिनियोजन गरिदिने वचन दिनुभयो । त्यसैगरी, गाउँमा जुनसुकै विकास निर्माण कार्यका लागि नहिच्किचाइकन नगरपालिकाको कार्यालयमा सहयोग माग्न आउनको लागि स्थानीय जनताहरुलाई आग्रह गर्नुभयो ।
Lhombash Youth Club Volleyball
औपचारिक कार्यक्रमको उद्घोषकको रुपमा जनस्वामी प्रा.वि. चापाकोट-४, लग्दा को प्रधानाध्यापक हरि बहादुर सिहं हुनुहुन्थ्यो भने अन्य विभिन्न सामाजिक संघ संस्थामा आवद्व कार्यधिकारी लगायत समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।
Lhombash Youth Club Player
फाइनल खेलमा ल्होम्बाँस युवा क्लव, लग्दा र सम्झना युवा क्लव, बलेउ बिच भएको प्रतिस्पर्धात्मक खेलमा 'सम्झना युवा क्लव', बलेउ विजय भइ प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी 'ल्होम्बास युवा क्लव', लग्दा द्वितीय भएका छन भने 'दर्शन युवा क्लव', जगत बाउनडाँडा तृतीय हुन सफल भएका छन् । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल टिमहरुले क्रमशः रु. ५०,०००/- कप, मेडल र प्रमाणपत्र, रु. ३०,०००/- कप, मेडल र प्रमाणपत्र र रु. २०,०००/- कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी, उत्कृष्ट खेलाडी (best player) को उपाधी सम्झना युवा क्लवका खेलाडी 'जीत बहादुर गुरुङ'ले हासिल गरेका छन् भने अनुशासित खेलाडी (diciplined player) को उपाधि दर्शन युवा क्लवको खेलाडी 'संगम थापा'ले प्राप्त गर्नुभएको छ।
सांस्कृतिक कार्यक्रम तर्फ स्थानीय क्लवको नृत्य, ख्याति प्राप्त कलाकारहरु (प्रेम बस्याल, अमर धिताल, गोबिन्द गुरुङ, भविकला घर्ति मगर, सिमरन कुँवर, दिवस थापा, सन्तोष एकल यात्री, युवराज गुरुङ, केशर आले आदी) को गायन तथा नृत्य प्रस्तुति एवम् लाइभ दोहोरी समेत भयो । कार्यक्रमलाई सफल बनाउन गाउँबासी तथा अन्य गाउँका दानविरहरु लगायत देश-विदेशमा रहनुभएका विभिन्न सहयोगी मनहरुबाट आर्थिक तथा भौतिक रुपमा अतुलनिय योगदान रह्यो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top