नव वर्ष २०८३ को पावन अवसरमा ल्होम्बाँस युवा क्लब परिवारको तर्फबाट स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण ल्होम्बाँसबासी दाजुभाइ, दिदीबहिनी, अग्रज व्यक्तित्वहरू एवं समस्त शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
हाम्रो गाउँको माटोबाट टाढा भएर विश्वका विभिन्न कुनामा कर्म गरिरहनुभएका सम्पूर्ण ल्होम्बाँस परिवारका सदस्यहरूको सुखद भविष्यको कामना गर्दै, यो नयाँ वर्षले हामी सबैलाई एक सूत्रमा बाँध्न र जन्मभूमिको विकासमा थप योगदान पुर्याउन प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं।
"परदेशमा रहे पनि ल्होम्बाँसको माया र सम्झना सधैं ताजा रहोस, नयाँ वर्षले सबैमा खुसीको रङ्ग भरोस्।"
सम्पूर्ण कार्यसमिति
ल्होम्बाँस युवा क्लब र ल्होम्बाँस आमा समूह
चापाकोट न.पा. ४, स्याङ्जा


