![]() |
उद्घाटनमा भलिवल सर्भिसिङ गर्दै - प्रमुख अतिथिमा |
हिन्दुहरुको महान पर्व विजया दशमी तथा दिपावली - २०७५ को पावन अवसरमा ल्होम्बाँस युवा क्लवद्वारा आयोजना गरिएको साविक वडा स्तरिय भलिवल प्रतियोगिता कार्तिक ३ गतेबाट सुरु भएको छ ।
युवा क्लवको अध्यक्ष खिम बहादुर गुरुङको अध्यक्षतामा भएको भलिभलको कार्यक्रमको समुद्घाटन समाहरोहमा नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति देव बहादुर खाँण 'इश्वर' प्रमुख अतिथीको रुपमा हुनुहुन्थ्यो । कार्यक्रमको समाहरोहमा बोल्दै खाँणले विजयादशमी तथा दिपावलीको शुभकामना मनतव्य व्यक्त गर्दै लग्दा लगायत चापाकोट नगरपालिकाका सबै भेगमा आर्थिक तथा सामाजिक पक्षका हर क्षेत्रमा आफू तन र मनले लागेको अनि हरसम्भव प्रयास गरिरहने एवं सम्बन्धित निकायलाई समेत झक्ककाउने प्रतिबद्वता जाहेर गर्नुभयो । साथै खेलकुद भनेको स्वस्थ प्रतिस्पर्धा हो, यसले मानिसको शरिरलाई फाइदा पुर्याउँछ नै यसको अलवा छिमेकी गाउँ तथा समाजसंग भातृत्वको समेत विकास गराउने कुरा स्पस्ट पार्नुभयो ।
कार्यक्रममा अतिथीको रुपमा रहनुभएका जनस्वामी प्रा.वि. चापाकोट-४, लग्दा को प्रधानाध्यापक हरि बहादुर सिहं र भुपू शिक्षक एवम हाल एलआइसी मार्जेटिङ म्यानेजर रुक बहादुर गुरुङले पनि बडा दशै, तिहार, छट तथा आउँदै गरेको ल्होसार पर्वको शुभकामना व्यक्त गर्दै गाउँको विकास गर्नको लागि युवाहरू लाग्नुपर्ने कुरामा समस्त युवाहरुलाई प्रेरित गर्नुभयो । कार्यक्रमका उद्घोषकको रुपमा रुद्र बहादुर गुरुङ 'आँच्यो' रहनुभएको थियो भने अतिथीको रुपमा अन्य विभिन्न सामाजिक संघ संस्थामा आवद्व कार्यधिकारी लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
![]() |
ल्होम्बाँस युवा क्लव र सुभ सृजना युवा क्लब भलिबलमा भिड्दै |
उद्घाटन खेलको रुपमा ल्होम्बाँस युवा क्लव (आयोजक) र सुभ सृजना युवा क्लव, माझगाउँ च्यारे बिच भएको भलिभल प्रतियोगितामा सुभ सृजना युवा क्लवले जित हासिल गर्न सफल भएको छ । खेल अब लगातार रुपमा भैरहने र २०७५ कार्तिक ७ गतेसम्म फाइनल खेल हुने र सोही दिन पुरस्कार वितरण, विशेष सांस्कृतिक कार्यक्रम तथा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा आयोजक पक्षले जानकारी दिइएका छन् ।
कार्यक्रमलाई सफल बनाउन गाउँमा रहनुभएका तथा विदेशमा रहनुभएका विभिन्न सहयोगी मनहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष र आर्थिक तथा भौतिक सहयोगहरु प्राप्त भैरहेको छ । सहयोग गर्न चाहनुहुने महानुभावहरुले क्लवका जुनसुकै सदस्य तथा पदधिकारीहरुलाई सम्पर्क गर्न सक्नेछन् ।