तमुहरुको प्ये (अर्घुँ) कार्यमा प्ल्ह उइब/ट्हयुइब (मृतकको आत्मा बोलाउने) कार्य

0
तमुहरुको प्ये (अर्घुँ) कार्यमा प्ल्ह उइब/ट्हयुइब (मृतकको आत्मा बोलाउने) कार्य
प्ल्ह उइब वा ट्हयुइब (सातो वा हंस बोलाउने) लास (र्‍हो) लाई चिहान डाँडा (छो कों/दुर्स) मा सेलाएको रात र अर्घु (पै) कर्मको दोस्रो दिन सबै कर्म गरिसकेपछी बेलुका पच्यु गुरुहरुबाट पारम्परिक संस्कारमा आधारित महत्त्वपूर्ण पाटो "प्ल्ह उइब" (हंस झिक्ने) कार्यको सुरसारमा लाग्दछ । प्ल्ह घर भित्र हालिसकेपछी जगिया बसाल्ने काम गर्दछ । जगियामा ३ पाथी कोदो डालोमा हाल्ने त्यसमा १ बोतल रक्सी (प्हा) राख्ने बोतलको मुखमा चोखो पात, जाँड (प्हा ना), मर्चा (प्र्हम), चामल (म्ल्ह सि) भेटी (च्यु), रोटी (क्हेँ) तथा पच्यु गुरुको सामाग्री तयार गरिन्छ । 
ज्वाइँ (म्हो) हरुले चोखो पात (ल फुइ) भालेसँग नलागेको चल्लाको माउ (नक आमा/नक माँँ) कुखुरा तयार पार्ने कार्य हुन्छ । यी सामाग्रीहरु तयार भएपछि गुरुहरु स्याखु/घुम (क्हुँ) ओछ्याएर त्यसलाई मन्त्रेपछी त्यसमाथी बसेर बेत/शास्त्र (प्ये) पढ्न थाल्छ । पहिलो दिनमा पच्यु र क्ल्हेप्रीले बाटोमा पर्ने भुतप्रेत, दोख मसानहरु पन्छाएर देवी देउता तथा पतृलाई मन्साएर निम्तो दिएको हुन्छ र पच्युले आफ्नो प्ये तथा तन्त्रमन्त्रले मृतकको हंसको तलास गर्दै उनको जान नहुने बाटोमा मन्त्रले छेकेर छड्ने काम गर्दछ र निश्चचित हिड्ने बाटोहरु खुल्ला गराएर मृतात्मालाइ प्ये पढेर फकाइ फुलाइ तिम्रो घरमा तिमीलाई आफन्तले मिठो मिठो खानेकुरा, पिउने बस्तु र तिमीले मनपर्ने सबै चिजहरु राखेर निम्तो गरेको छ; तिमी यहाँ हेर्न आउ तिमी आउने बाटोमा सबै अवरोधहरु मारेर हटाइ राखेको छ । तिमी कत्ती पनि नहिच्किचाइ आउ भन्दै घर आइपुग्ने बेलामा छोकों/दुर्जमा राखेर ढोका बन्द गरि चोख पात (ल फुइ) ढोकामा टाँसी अग्लोमा डोरि झुन्ड्याइ कुखुराको खुट्टामा बाँधी झुन्ड्याएर धार्मिक गुरु पच्युले प्ये पढेर आत्मालाई पुकार्ने र सम्मानका साथ चिहान/दुर्जमा राखेको हंसलाइ फकाउँदै घरमा ल्याउने काम गर्दछ ।
भित्र घरबाट तयार पारेको चोखो भात (फुइ कैँँ), फलफूल, प्रसाद, छोरी चेली, ईस्टमित्रहरु लगाएत आफन्तले ल्याएको फुल प्रसाद ज्वाइँ (म्हो) हरुले फलाक्दै फलानाले दिएको तिम्रो लागि खानेकुरा भन्दै राख्दै गर्छन । उतातिर खेगीहरुले फकाउँदै फकाउँदै घरमा ल्याउने प्रयास गर्छन भने ज्वाइँ (म्हो) हरुले पनि फलाक्दै बोलाउने काम गर्दछ । अन्तिममा आस्यों (मावाली) ले दिएको भात, फुल प्रसाद चढाएपछी फुरुक्क फुर्कदै गर्दा मृतकको हंस घर भित्र प्रवेश हुनेबेला कुखुराको प्वाँखहरु फुरुरु फुलेर भुरुरु माथि उड्छ अनि मृतकको हंस आएको विस्वाश गरिन्छ र कुखुरालाई झिकेर आफ्नै चल्ला भएको ठाँउमा लगेर राखिदिछ । यसरी मृतात्मा कुखुरामा र कुखुरामा चढेको आत्मा प्लमा प्ल (मुर्ती) प्रवेश गराइन्छ । यसपछी प्ल (मुर्ती) प्रतिस्थापन गर्दछ । यस कार्यको अन्तमा धार्मिक गुरुहरु भुत (म्वों) सँग लड्ने र आफ्नो वसमा पार्न सफल भएकोले कर्ताबाट नगद पैसा सहित पगरी/फेटा (क्रेकी) लगाइ स्याबासी दिने चलन छ । प्राय: क्लेप्रीले पच्यु खेगिको दान दक्षिणा यहि त्हेँ मा नै दिने चलन छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top