भारतीय सेनामा निरन्तर ३४ वर्षको निष्ठापूर्ण सेवा पश्चात् निवृत्त भई गाउँ फर्कनुभएका आदरणीय हनेरी क्याप्टेन मन बहादुर गुरुङ ज्यू तथा उहाँकी धर्मपत्नी गंगा कुमारी गुरुङ ज्यूले मिति २०८३ भाद्र १ गते सोमबार ल्होम्बाँस युवा क्लब र ल्होम्बाँस आमा समूह लाई संयुक्त रूपमा नगद रू. १५,०५०/- (पन्ध्र हजार पचास रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
आफ्नो जन्मभूमि लग्दा गाउँ (चापाकोट-४, स्याङ्जा) प्रतिको अगाध माया र सामाजिक उत्तरदायित्वलाई महसुस गर्दै क्लब र आमा समूहको उत्थान तथा सामाजिक कार्यका लागि यो अमूल्य सहयोग हस्तान्तरण गर्नुभएकोमा ल्होम्बाँस युवा क्लब तथा ल्होम्बाँस आमा समूह परिवारको तर्फबाट उहाँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
उहाँहरूको यो उच्च योगदानको उच्च कदर गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र मार्गदर्शनको अपेक्षा राख्दछौँ। साथै, उहाँहरूको सुस्वास्थ्य, दीर्घायु एवं सुखद् निवृत्त जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ! 🙏✨
- ल्होम्बाँस युवा क्लब तथा ल्होम्बाँस आमा समूह परिवार
चापाकोट-४, लग्दा, स्याङ्जा।

