यस लग्दा गाउँको समाजसेवी बुवा श्री ताल बहादुर गुरुङको छोरीज्वाइँहरु द्वय 'धनमायाँ गुरुङ र पेम बहादुर गुरुङ', 'मुमायाँ गुरुङ र रिम बहादुर गुरुङ' तथा 'सोमा गुरुङ र देउ बहादुर गुरुङ'को मिति २०८२ माघ २२ गते सम्पन्न भएको शुभ ढोगभेटमा हाम्रो ल्होम्बाँस परिवारलाई नगद रु. १५,०००/- सहयोग प्राप्त भएको छ । साथै, तीनै जोडी वर-वधु एवम् सम्पुर्ण जन्ती टोलीलाई स्वागत र विदाई, मनोरञ्जनात्मक नाचगान र अन्य कार्यक्रमहरुबाट थप रु. ६१,४१५ गरि जम्मा रु. ७६,४१५ रकम संकलन भएको जानकारी गराइन्छ । उहाँहरुको यो सहयोग प्रति ल्होम्बाँस परिवार हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दै समस्त परिवारहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
ताल बहादुर गुरुङको ढोगभेटमा भएको आर्थिक संकलनको जानकारी
February 16, 2026
0
Tags
Share to other apps



