ल्होम्बाँस युवा क्लबको ३७ औँ वार्षिकोत्सव तथा नेपालीहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८२” मा भएका आम्दानी तथा खर्चहरूको विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
सर्वप्रथम क्लबको कार्यक्रमलाई सफल बनाउनका लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा पाल्नुभएका सम्पूर्ण अतिथिगणहरू, खेलाडी साथीहरू, रेफ्री, सह-आयोजकका रूपमा सहयोग गर्नुहुने ल्होम्बाँस आमा समूह, कलाकारहरू, खेलप्रेमी दर्शक महानुभावहरू, देश विदेशमा रहेर आफ्नो गाउँठाउँको युवा तथा खेलकुद विकासमा प्रत्यक्ष तथा परोक्ष रूपमा भूमिका खेल्दै भौतिक, आर्थिक र नैतिक सहयोग तथा समर्थन गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरू, सक्रिय रूपमा खटिएर आफ्ना जिम्मेवारी बहन गर्नुहुने कार्यक्रम र क्लबका सम्पूर्ण पदाधिकारी, सदस्यहरू, सल्लाहकार तथा शुभचिन्तकहरूमा कार्यक्रम सफल बनाउन खेल्नुभएको अमूल्य र अतुलनीय भूमिकाप्रति हार्दिक आभार र धन्यवाद प्रकट गर्दछु । यहाँहरूको साथ र सहयोग नभएको भए पक्कै पनि हाम्रो कार्यक्रमले सफलता पाउने थिएन । आशा छ, यहाँहरूको यो साथ र सहयोग सधैँभर रहिरहनेछ । कार्यक्रमको सम्पूर्ण आम्दानी र खर्चहरूको आयव्यय छिटै सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेका थियौँ तर केही प्राविधिक कारणवश सार्वजनिक गर्न ढिलो भएकोमा क्षमाप्रार्थी छौँ । आयव्ययका सम्पूर्ण विवरणहरू सकेसम्म पारदर्शी ढङ्गले कारोबार सङ्केत नम्बर र कारोबार गर्ने जिम्मेवार व्यक्ति वा फर्मको समेत नाम उल्लेख गरी कारोबारलाई पारदर्शी बनाउने कोशिस गरेका छौँ । बिल भर्पाइ पनि सुरक्षित रहेको छ, जुन तपाईंले चाहनुभयो भने कार्यक्रमको सम्पूर्ण आयव्यय फछ्र्योट हुँदाको समय अवधिभर जुनसुकै समय खोजतलास गर्न सक्नुहुनेछ ।
ल्होम्बाँस युवा क्लव
सचिव






