आज मिति २०८२ कार्तिक १ गते यस श्री ल्होम्बाँस युवा क्लब, चापाकोट न.पा. ४, स्याङ्जाको कार्य समितिको बैठक क्लबको अध्यक्ष श्री भेलेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भयो ।
उपस्थिति
१. अध्यक्ष भेल प्रसाद गुरुङ
२. कोषाध्यक्ष एकेन्द्र गुरुङ
३. सचिब उम बहादुर गुरुङ (बिकास)
४. पूर्व अध्यक्ष डोल बहादुर गुरुङ (ठाना)
५. पूर्व अध्यक्ष दिलध्वज गुरुङ
६. सदस्य कुशल गुरुङ
७. सदस्य नर प्रसाद गुरुङ
८. सल्लाहकार खिम बहादुर गुरुङ (क्यूदु)
९. सल्लाहकार गोबिन्द सिंह
१०. सल्लाहकार श्री प्रसाद गुरुङ
११. सल्लाहकार खिम बहादुर गुरुङ (खोत्रो)
१२. खिम माया गुरुङ
१३. पार्वती गुरुङ
१४. डिलमायाँ गुरुङ
१५. तालमायाँ गुरुङ
१६. लालमायाँ गुरुङ
१७. यामसरी गुरुङ
१८. पदम गुरुङ
१८. रुमायाँ गुरुङ
१९. खोमाया गुरुङ
२०. उमादेवी गुरुङ
२१. चनमती गुरुङ
२२. ठगीमाया गुरुङ (आमा समुह सचिव)
२३. सरस्वती मल्ल
२४. सारदा कुँवर
२५. नन्दु कुँवर
२६. भिमा कुँवर
२७. रामकुमारी कुँवर
२८. कृष्ण कुमारी कुँवर
२९. यामती गुरुङ
३०. ओमायाँ गुरुङ
३१. इबिया गुरुङ
३२. आममायाँ गुरुङ
३३. समिर परियार
३४. अस्मिता कुँवर
३५. सजिता कुँवर
प्रस्तावहरु
१. ३७ औं वार्षिकोत्सब कार्यक्रमको आय-व्यय सार्वजनिक सम्बन्धमा ।
२. क्लबको कोषको खाता-पाना अद्यावधिक सम्बन्धमा ।
३. क्लबलाई संस्थागत रुपमा दर्ताको लागि पूर्वाधार तयारी सम्बन्धमा ।
४. क्लबको नियमित बैठक व्यवस्थित गर्ने सम्बन्धमा ।
निर्णयहरु
- निर्णय नं १ माथि छलफल हुँदा नेपालीहरु महान चाड विजयादशमी तथा क्लबको ३७ औं वार्षिकोत्सबको आम्दानी तथा खर्चहरुको फेहरिस्त विवरण एवं सम्पूर्ण सहयोग दाताहरुको योगदानलाई स-धन्यबाद आम-जनभेलामा प्रस्तुत गरि आय-व्ययको एक प्रति क्लबको सूचना पाटीमा प्रकाशन गर्ने निर्णय सर्वसम्मत रुपमा गरियो ।
- निर्णय नं. २ माथि छलफल हुँदा केही समयदेखि क्लबको नयाँ कार्यसमिति गठन पश्चात् निस्कृय रहेको क्लबको पूरानो खाता-पाना अद्यावधिक गरि लगानीमा रहेको क्लबको रकम एकमुष्ठ रुपमा आगामी महिनादेखि ब्याज उठाउने र ऋणीले मासिक रुपमा कम्तिमा रु. १०००/- को दरले सावाँ घटाउनुपर्ने साथै ब्याज भुक्तानी गर्न उपस्थित नभएमा पहिलो पटक रु. १०० र त्यसपछि हरेक पटक रु. ५०० जरिवाना गर्ने निर्णय सर्वसम्मत रुपमा गरियो ।
- निर्णय नं. ३ मा छलफल गर्दा क्लब हालसम्म संस्थागत रुपमा दर्ता नभएको कारण क्लबलाई संस्थागत गर्न क्लबको सचिव विकास गुरुङले विधान तयार गरि अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय सर्वसम्मत रुपमा गरियो ।
- निर्णय नं. ४ माथि छलफल हुँदा क्लबको नियमित बैठक हरेक महिनाको पहिलो शनिबार बसी लगानीमा रहेको ब्याज संकलन र हिसाब किताब सार्वजनिक गर्ने निर्णय सर्वसम्मत रुपमा गरियो ।
(उपस्थित सम्पूर्णमा हार्दिक धन्यबाद साथै उपस्थित हुन नसक्नेहरुको जानकारीको लागि ।)
* अनौपचारिक निर्णय
- क्लब र आमाटोलीको सहकार्यमा देउसी भैलो खेल्ने ।
- मोटर बाटोको मर्मतको लागी डोजरको निगरानी गरि आवस्यक स्थानहरुमा बाटो मर्मत गर्ने ।


