उपरोक्त सम्बन्धमा यस ल्होम्बाँस युवा क्लब, चापाकोट-४, लग्दाद्वारा ३७ औ वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजया दशमीको पावन अवसरमा आयोजित साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८२ निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरुको टिम सहभागी गराइदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
कार्यक्रम तालिका
• उद्घाटन मिति : २०८२/०६/१७ गते
• समापन मिति : २०८२/०६/२१ गते
• स्थान : श्री जनस्वामी आधारभुत विद्यालय, खेल मैदान
• टिम दर्ता मिति : २०८२/०६/१५ र १६ गते
पुरस्कारहरु
• प्रथम पुरस्कार : रु ६०,०००/- ट्रफी, मेडल र प्रमाण पत्र ।
• द्वितीय पुरस्कार : रु ४०,००० ट्रफी, मेडल र प्रमाण पत्र ।
• तृतीय पुरस्कार : रु २०,०००/- ट्रफी, मेडल र प्रमाण पत्र ।
• दर्ता शुल्क : रु. ५,५००/-
उत्कृष्ट विधाका पुरस्कारहरु
• उत्कृष्ट सेटर : ट्रफी, मेडल र प्रमाण पत्र ।
• उत्कृष्ट स्पाइकर : ट्रफी, मेडल र प्रमाण पत्र ।
• उत्कृष्ट डिफेण्डर : ट्रफी, मेडल र प्रमाण पत्र ।
• उत्कृष्ट सर्भर : ट्रफी, मेडल र प्रमाण पत्र ।
• उत्कृष्ट ब्लकर : ट्रफी, मेडल र प्रमाण पत्र ।
• उत्कृष्ट खेलाडी : ट्रफी, मेडल र प्रमाण पत्र ।
• अनुशासित खेलाडी : ट्रफी, मेडल र प्रमाण पत्र ।
• उदायमान खेलाडी : ट्रफी, मेडल र प्रमाण पत्र ।
भलिबल नियमहरु :
१. खेल नेपाल भलिबल संघको नियमानुसार SCORING POINT (T.T) अनुसार खेलाइनेछ र मान्यता प्राप्त भलिबल रेफ्री द्वारा खेलइनेछ ।
२. खेलाडी संख्या ९ जना कोच र म्यानेजर सहित ११ जना हुनुपर्नेछ ।
३. प्रत्येक खेल टिमले तालिका सार्वजनिक भएसंगै निर्धारित समयभन्दा ४५ मिनेट अगाडी अफिसियल डेक्समा उपस्थित भई आफ्नो टिमको ग्राउण्ड रिपोर्टिङ्ग गर्नुपर्नेछ ।
४. खेलमा कुनै विवाद आएमा रेफ्री र आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
५. खेलमा लागू औषध तथा मादक पदार्थ सेवन गरी उपस्थित हुन पाइने छैन ।
६. खेलमा नंबर अंकित जर्सी अनिवार्य हुनुपर्ने छ ।
७. खेलाडीहरुको लागी प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ तर गम्भिर चोट लागेमा सहभागी सम्बन्धित टिमले नै उपचारको व्यवस्था गर्नुपर्नेछ ।
८. खेल खेल्नु अघि विपक्ष टिमको खेलाडी बाहिरी वडाको हो भनि आशंका मानिएमा खेल अघिनै प्रोटेस्ट गर्नुपर्ने छ, खेल सकिएपछि प्रोटेस्टको मान्यता हुने छैन ।
पूर्णीमाको दिन स्थानीय कलाकारहरुको विशेष सांस्कृतिक प्रस्तुती रहनेछ ।


