- हेमन्त गुरुङ, ल्होम्बाँस क्लब
ल्होम्बाँस युवा क्लबको शुद्धिकरण सम्बन्धमा अनुगमन समितिको प्रस्ताव
भूमिका
जनताको सच्चा सेवक बन्न नंया संकल्प गरौँँ ! समाजको समस्याहरु हल गर्ने शक्ति मध्ये महत्वपूूर्ण साधन युवा हो ।युवा भनेको जनताको हितमा युद्ध गर्न योद्धा र संबेदनसिल साधन हो । युवाहरूलाई कसरी परिचालन गर्ने, आम जनसमुदायको आत्मिक अवस्थाद्वारा निर्धारित हुने गर्दछ ।

प्रस्तावना
हाम्रो क्लबले ३५ बर्ष भित्रमा विभिन्न उतार चढावहरु पार गर्दै सिर्जनात्मक ढंगबाट अगाडी बढिरहेको अवस्था छ । गाउँको बिकासको लागि युवाहरू जागरुक भएर निरन्तर लागिरहेको छ । कतिपय क्रममा अन्तर संघर्ष दुई लाईन संघर्षका सकारात्मक तथा नकारात्मक थुप्रै अनुभवहरुबाट गहनतम संश्लेषण सहित सबै युवाहरूलाई स्कुलिङ्को ब्यवस्था गर्ने निर्यण भएको छ । पुरातन सोँँचाई र मानसिकतालाई रुपान्तरण गर्न हाम्रो ल्होम्बाँँस युवा क्लबले प्रत्येेक महिना गाउँभेला राखेर रुढीबादी चिन्तन र अन्धबिश्वासलाई चिरफार गर्ने, समाजमा भएको बिकृती, बिसङ्गती विरुद्ध हाम्रो क्लबले बुलन्द आवाज उठाउदै त्यसको अन्त्य गर्ने सङ्कल्प गरेको छ । कतिपय युवाहरूको नकारात्मक शैली र प्रवृत्तिहरु बिरुद्ध बैचारिक सङ्घर्ष तीब्र गतिमा हुँदै आएको छ । समाजमा अराजक तत्वबाट हुने लफडा, झगडा जस्ता तमाम चुनौतीहरु र प्रतिकुललाई चिर्दै अगाडी बढेको छ । गाउँका केही राजननीतिक दलगत एवं ब्याक्तिगत स्वार्थमा लागेेका खराब चरित्र भएका टाउकेहरुको कारण गाउँँका जनतालाई असुविधा हुनुको साथै स्थानीयहरु दुखः झेल्न बाध्य भएको छ । जनताको सहज र सरल ढंगबाट हुने काम कारबाहीलाई झन्झट र असुबिधा पुर्याउने दलगत द्लाली नेतालाई जुत्ताको माला र भैसिको छाला लगाइदिने निर्यण गरेको छ ।
(यो लेखको अंंश ल्होम्बाँस क्लबको सकृय युवा सदस्य एवम समलोचनाकार श्री हेमन्त गुरुङ ज्यू को फेेसबुक टाइमलाइनबाट साभार गरिएको हो ।)