ल्होम्बाँस युवा क्लवको ३५ औं वार्षिकोत्सव तथा विजयादशमीको अवसरमा आयोजित भलिवल कार्यक्रमको उद्घाटन समारोह सम्पन्न

0

ल्होम्बाँस युवा क्लबको ३५ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित "शुद्ध गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८०" को समुद्घाटन कार्यक्रम मिति २०८० कार्तिक ३ गते गण्डकी प्रदेश सभासद मानवीय युवा नेता महेश भट्टराईद्वारा विधिवत् रुपमा सम्पन्न भएको छ ।

रुद्र गुरुङद्वारा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि 'गण्डकी प्रदेश सभासद' मानवीय महेश भट्टराई, विशिष्ट अतिथिमा पूर्व माननीय ने.का. महासमिति सदस्य भागवत प्रकाश मल्ल, चापाकोट नगरपालिका उपप्रमुख इशा राना र ने.का. महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो । अतिथिमा 'जिल्ला समन्वय समिति' स्याङ्जाका सदस्य गिता खाँण, ने.का. आमन्त्रित सदस्य बोम बहादुर हमाल, ने.का. क्षेत्रीय सदस्य इन्द्र शाही, ने.का. युवा नेता शेषकान्त पुरी, ने.का. प्रदेश प्रतिनिधि शिव परीयार, ने.का. चापाकोट नगर सभापति बिक्रम सारु, साविक गाविस पूर्व सचिव तथा चक्रकला आधारभूत विद्यालयको प्र.अ. प्रेम बहादुर सारु, तरुण नेता प्रदिप गिरी, गल्याङ नगरपालिका नडा नं. ११ पार्टी सचिव गणेश अधिकारी, गल्याङ तरुण नेता शुरेश सुवेदी र पदम शाही, वडा प्रहरी कार्यालय 'दार्सिङ' प्रहरी प्रमुख पदम जि.सी. लगायतका रहनुभएको थियो । समुद्घाटन कार्यक्रमको सभाध्यक्षका रुपमा क्लबका अध्यक्ष खिम बहादुर गुरुङ रहनुभएको थियो । 
कार्यक्रममा नगर वडा समितिका पदाधिकारी, वर्तमान तथा भू.पू. खेलाडी, क्लवको संस्थापक, सल्लाहकार, समाजसेवी, विभिन्न राजनितीक दलका पदाधिकारी, आमा समूह एवम् अन्य युवाक्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनुभएका थिए । छिमेकी गाउँका खेलप्रेमी दर्शक, शिक्षक, विद्यार्थी, वाल क्लव तथा विभिन्न संघ संस्थाका व्याक्तित्व र अन्य अतिथिहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा जनस्वामी आ.वि. का भूतपूर्व प्र.अ. तथा समाजसेवी हरि सिहंद्वारा स्वागत मनतव्य व्यक्त भयो । समुद्घाटन समारोहमा बोल्दै उहाँले समस्त गाउँबासीको साझा समस्या तथा खानेपानी, मोटर बाटो र निर्माणाधीन क्होम्बो धिं को अवस्थाबारे अवगत गराउँदै माननीय समक्ष उक्त अस्तव्यस्त संरचनाको पार लगाइदिन अनुरोध गर्नुभयो । विशेष गरि वालिङ नगरपालिका र चापाकोट नगरपालिकाको सिमा क्षेत्रमा रहेको अत्यन्तै जिर्ण सडकको अवस्थाको बारेमा अवगत गराउँदै उहाँले समस्त लग्दा बासीले आफ्नो छाक टारेर निजि पहलमा बनाएको उक्त ग्रामिण सडकको स्तरोन्नतिको लागि पहल गरिदिन अनुरोध गर्नुभयो । उहाँले पूर्व माननीय ने.का. महासमिति सदस्य भागवत प्रकाश मल्ल ज्यूले लग्दा गाउँको निमित्त गर्नुभएको खानेपानी र सडक स्तरोन्नति विकास योजनाको लागि धन्यबाद ज्ञापन गर्दै निर्माणाधीन अवस्थामा रहेको लिफ्टिङ पानीको योजना सम्पन्न गर्नको निम्ति पहल गरिदिनुहुन प्रमुख अतिथि समक्ष माग राख्नुभयो ।

विशिष्ट अतिथिको रुपमा रहनुभएको युवा नेता शेषकान्त पुरीले क्लव तथा सम्पूर्ण खेलाडी साथीहरुलाई शुभकामना व्यक्त गर्दै खेलखुदको विकासको निमित्त आफू सहयोग गर्न तत्पर रहेको कुरा बताउँदै देशको गौरवमा भलिवल खेलको भूमिका, आधुनिक नेपालमा गुरुङ तथा जनजाति समुदायको योगदानरुपी गौरवपूर्ण इतिहासको बारेमा प्रस्ट्याउँदै एकजुट भएर अघि बढ्नुपर्ने कुरा बताउनुभयो ।

"गाउँको विकास युवाहरुको काँधमा" भन्ने मुल नाराको साथ आयोजित उक्त भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममालाई सभ्य र भव्य तरिकाले गर्नको निम्ति चापाकोट नगरपालिका, ल्होम्बाँस आमा समूह, लग्दा खानेपानी र पूजा कोष, गाउँका क्लवका सदस्यहरु, समाजसेवी तथा विभिन्न दाताहरुले नगद तथा जिन्सी सहयोग गर्नुभएको छ । भलिवल खेलमा प्रथम स्थान हाँसिल गर्ने टिमले रु. ६०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय स्थान हाँसिल गर्नेले रु. ४०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुनेले ट्रफी रु. २०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र एवम् सान्त्वना हुनेले रु. १०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी, अनुशासित, उत्कृष्ट डिफेन्डर, स्पाइकर, सेटर, क्विकर, ब्लकरहरुले पनि विशेष पुरस्कार पुरस्कार प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क रु. ५,०००/- मात्र रहेको छ ।  

कार्यक्रमको केन्द्रबिन्दुको रुपमा रहनुभएको प्रमुख अतिथि गण्डकी प्रदेश सभासद' मानवीय महेश भट्टराई ज्यूले आफूलाई मतदान गरि विजयी बनाइदिनुभएकोले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिँदै गाउँको विकासको निम्ति आफूले आवस्यक ठोस कदम चाल्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले गण्डकी प्रदेशमा खेलको भविष्यलाई सुनिश्चित गर्न स्थानीय तवरबाट पनि वातावरण सिर्जना हुनुपर्ने कुरामा जोड दिँदै सम्बन्धित सरोकारवालाहरुलाई ध्यानाकर्षण गर्नुभयो ।
ल्होम्बाँस युवा क्लबको ३५ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित "शुद्ध गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८०" को समुद्घाटन कार्यक्रम मिति २०८० कार्तिक ३ गते गण्डकी प्रदेश सभासद मानवीय युवा नेता महेश भट्टराईद्वारा विधिवत् रुपमा सम्पन्न भएको छ ।
रुद्र गुरुङद्वारा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि 'गण्डकी प्रदेश सभासद' मानवीय महेश भट्टराई, विशिष्ट अतिथिमा पूर्व माननीय ने.का. महासमिति सदस्य भागवत प्रकाश मल्ल, चापाकोट नगरपालिका उपप्रमुख इशा राना र ने.का. महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो । अतिथिमा 'जिल्ला समन्वय समिति' स्याङ्जाका सदस्य गिता खाँण, ने.का. आमन्त्रित सदस्य बोम बहादुर हमाल, ने.का. क्षेत्रीय सदस्य इन्द्र शाही, ने.का. युवा नेता शेषकान्त पुरी, ने.का. प्रदेश प्रतिनिधि शिव परीयार, ने.का. चापाकोट नगर सभापति बिक्रम सारु, साविक गाविस पूर्व सचिव तथा चक्रकला आधारभूत विद्यालयको प्र.अ. प्रेम बहादुर सारु, तरुण नेता प्रदिप गिरी, गल्याङ नगरपालिका नडा नं. ११ पार्टी सचिव गणेश अधिकारी, गल्याङ तरुण नेता शुरेश सुवेदी र पदम शाही, वडा प्रहरी कार्यालय 'दार्सिङ' प्रहरी प्रमुख पदम जि.सी. लगायतका रहनुभएको थियो । समुद्घाटन कार्यक्रमको सभाध्यक्षका रुपमा क्लबका अध्यक्ष खिम बहादुर गुरुङ रहनुभएको थियो । 
कार्यक्रममा नगर वडा समितिका पदाधिकारी, वर्तमान तथा भू.पू. खेलाडी, क्लवको संस्थापक, सल्लाहकार, समाजसेवी, विभिन्न राजनितीक दलका पदाधिकारी, आमा समूह एवम् अन्य युवाक्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनुभएका थिए । छिमेकी गाउँका खेलप्रेमी दर्शक, शिक्षक, विद्यार्थी, वाल क्लव तथा विभिन्न संघ संस्थाका व्याक्तित्व र अन्य अतिथिहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा जनस्वामी आ.वि. का भूतपूर्व प्र.अ. तथा समाजसेवी हरि सिहंद्वारा स्वागत मनतव्य व्यक्त भयो । समुद्घाटन समारोहमा बोल्दै उहाँले समस्त गाउँबासीको साझा समस्या तथा खानेपानी, मोटर बाटो र निर्माणाधीन क्होम्बो धिं को अवस्थाबारे अवगत गराउँदै माननीय समक्ष उक्त अस्तव्यस्त संरचनाको पार लगाइदिन अनुरोध गर्नुभयो । विशेष गरि वालिङ नगरपालिका र चापाकोट नगरपालिकाको सिमा क्षेत्रमा रहेको अत्यन्तै जिर्ण सडकको अवस्थाको बारेमा अवगत गराउँदै उहाँले समस्त लग्दा बासीले आफ्नो छाक टारेर निजि पहलमा बनाएको उक्त ग्रामिण सडकको स्तरोन्नतिको लागि पहल गरिदिन अनुरोध गर्नुभयो । उहाँले पूर्व माननीय ने.का. महासमिति सदस्य भागवत प्रकाश मल्ल ज्यूले लग्दा गाउँको निमित्त गर्नुभएको खानेपानी र सडक स्तरोन्नति विकास योजनाको लागि धन्यबाद ज्ञापन गर्दै निर्माणाधीन अवस्थामा रहेको लिफ्टिङ पानीको योजना सम्पन्न गर्नको निम्ति पहल गरिदिनुहुन प्रमुख अतिथि समक्ष माग राख्नुभयो । विशिष्ट अतिथिको रुपमा रहनुभएको युवा नेता शेषकान्त पुरीले क्लव तथा सम्पूर्ण खेलाडी साथीहरुलाई शुभकामना व्यक्त गर्दै खेलखुदको विकासको निमित्त आफू सहयोग गर्न तत्पर रहेको कुरा बताउँदै देशको गौरवमा भलिवल खेलको भूमिका, आधुनिक नेपालमा गुरुङ तथा जनजाति समुदायको योगदानरुपी गौरवपूर्ण इतिहासको बारेमा प्रस्ट्याउँदै एकजुट भएर अघि बढ्नुपर्ने कुरा बताउनुभयो ।
"गाउँको विकास युवाहरुको काँधमा" भन्ने मुल नाराको साथ आयोजित उक्त भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममालाई सभ्य र भव्य तरिकाले गर्नको निम्ति चापाकोट नगरपालिका, ल्होम्बाँस आमा समूह, लग्दा खानेपानी र पूजा कोष, गाउँका क्लवका सदस्यहरु, समाजसेवी तथा विभिन्न दाताहरुले नगद तथा जिन्सी सहयोग गर्नुभएको छ । भलिवल खेलमा प्रथम स्थान हाँसिल गर्ने टिमले रु. ६०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय स्थान हाँसिल गर्नेले रु. ४०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुनेले ट्रफी रु. २०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र एवम् सान्त्वना हुनेले रु. १०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी, अनुशासित, उत्कृष्ट डिफेन्डर, स्पाइकर, सेटर, क्विकर, ब्लकरहरुले पनि विशेष पुरस्कार पुरस्कार प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क रु. ५,०००/- मात्र रहेको छ ।  
कार्यक्रमको केन्द्रबिन्दुको रुपमा रहनुभएको प्रमुख अतिथि गण्डकी प्रदेश सभासद' मानवीय महेश भट्टराई ज्यूले आफूलाई मतदान गरि विजयी बनाइदिनुभएकोले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिँदै गाउँको विकासको निम्ति आफूले आवस्यक ठोस कदम चाल्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले गण्डकी प्रदेशमा खेलको भविष्यलाई सुनिश्चित गर्न स्थानीय तवरबाट पनि वातावरण सिर्जना हुनुपर्ने कुरामा जोड दिँदै सम्बन्धित सरोकारवालाहरुलाई ध्यानाकर्षण गर्नुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top