ल्होम्बाँस युवा क्लबद्वारा ३४ औं वार्षिकोत्सव तथा हिन्दुहरूको महान पर्व विजया दशमीको पावन अवसरमा आयोजित साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमलाई भव्यताको साथ सम्पन्न पार्नको लागि चापाकोट नगरपालिका वडा नं. ४, लग्दाका खेलाडी तथा जनस्वामी आधारभूत विद्यालयको शिक्षक श्री रुद्र बहादुर गुरुङ र हाल इन्डियन आर्मीमा कार्यरत पुतलीबजार नगरपालिका वडा नं. ७, बरडाँडा निवासी श्री प्रशान्त गुरुङ ज्यूले सामूहिक रुपमा रु. ८,०००/- बराबरको फर्निचर (रुस्टम) प्रायोजन गर्नुभएको गर्नुभएको छ ।
उहाँहरुको योगदानको उच्च कदर गर्दै ल्होम्बाँस युवा क्लब उहाँहरु र उहाँहरूको सम्पूर्ण परिवारको सु-स्वास्थ, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।
ल्होम्बाँस युवा क्लब
चापाकोट न.पा.-४, लग्दा, स्याङ्जा