३४ औं वार्षिकोत्सव तथा हिन्दुहरूको महान पर्व विजया दशमीको अवसरमा आयोजित साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिकको समुद्घाटन सम्पन्न

0
ल्होम्बाँस युवा क्लबद्वारा ३४ औं वार्षिकोत्सव तथा हिन्दुहरूको महान पर्व विजया दशमीको पावन अवसरमा आयोजित साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमको समुद्घाटन हिजो मिति २०७९ असोज २३ गते चापाकोट वडा नं. ४ का वडाध्यक्ष अर्जुन खाँण ज्यूद्वारा विधिवत् रुपमा सम्पन्न भएको छ ।
केही दिन अघिदेखिको निरन्तर भारी बर्षाका कारण खेल निर्धारित समय तालिका अनुसार सञ्चालन हुन नसकेको हो । तर, आजबाट भने खेल निरन्तर रुपमा सञ्चालन हुनेछ । हालसम्म विविध कारणवश आफ्ना टिम दर्ता गर्न नसक्नुभएका टिमले आज पनि टिम दर्ता गर्न सक्नेछन् । 
खेलमा प्रथम स्थान हाँसिल गर्ने टिमले रु. ६०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय स्थान हाँसिल गर्नेले रु. ४०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुनेले ट्रफी रु. २०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र एवम् सान्त्वना हुनेले रु. १०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी, अनुशासित तथा उत्कृष्ट खेलाडीहरुले पनि विशेष पुरस्कार पुरस्कार प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क रु. ६,०००/- मात्र रहेको छ ।  
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नको निम्ति चापाकोट नगरपालिकाले प्रथम पुरस्कार, ल्होमबाँस आमा समूहले द्वितीय पुरस्कार र अन्य दाताहरुले विभिन्न नगद तथा जिन्सी सहयोग गर्नुभएको छ ।
समुद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष ज्यूले क्लव तथा सम्पूर्ण खेलाडी साथीहरुलाई शुभकामना व्यक्त गर्दै आफूले सक्ने सहयोग गर्न तत्पर रहेको कुरा बताउनुभयो । कार्यक्रममा अन्य वडा प्रतिनिधि तथा समाजसेवी, उद्घाटन खेल हेर्न पाल्नुभएका दर्शक तथा विभिन्न वडाबाट खेल खेल्नका निम्ति पाल्नुभएका खेलाडीहरुको बेजोड उपस्थिति रहेको थियो । कार्यक्रमको सभाध्यक्षका रुपमा क्लबका अध्यक्ष खिम बहादुर गुरुङ रहनुभएको थियो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top