ल्होम्बाँस युवा क्लबद्वारा ३४ औं वार्षिकोत्सव तथा हिन्दुहरूको महान पर्व विजया दशमीको पावन अवसरमा आयोजित साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमलाई भव्यताको साथ सम्पन्न पार्नको लागि चापाकोट नगरपालिका वडा नं. ४, लग्दा निवासी यस क्लबका भू.पू. अध्यक्ष तथा समाजसेवी, श्री प्रेम बहादुर गुरुङ ज्यूले रु. ५,००५/- आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँको योगदानको उच्च कदर गर्दै ल्होम्बाँस युवा क्लब उहाँ र उहाँको सम्पूर्ण परिवारको सु-स्वास्थ, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।
ल्होम्बाँस युवा क्लब
चापाकोट न.पा.-४, लग्दा, स्याङ्जा