ल्होम्बाँस युवा क्लबद्वारा ३४ औं वार्षिकोत्सव तथा हिन्दुहरूको महान पर्व विजया दशमीको पावन अवसरमा आयोजित साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमलाई भव्यताको साथ सम्पन्न पार्नको लागि चापाकोट नगरपालिका कार्यालयको तर्फबाट मेयर श्री देव बहादुर खाँँण (इश्वर) ज्यूले प्रथम पुरस्कार (रु. ६०,०००/-) सौजन्य गर्नुभएको छ ।
उहाँको योगदानको उच्च कदर गर्दै ल्होम्बाँस युवा क्लब उहाँलाई सफल कार्यकालको शुभकामना सहित उहाँले सम्पूर्ण नगरबासीको विश्वास जित्न सफल होस् भन्ने कामना गर्दै हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।
ल्होम्बाँस युवा क्लब
चापाकोट न.पा.-४, लग्दा, स्याङ्जा