ल्होम्बाँस युवा क्लबद्वारा ३४ औं वार्षिकोत्सव तथा हिन्दुहरूको महान पर्व विजया दशमीको पावन अवसरमा आयोजित साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमलाई भव्यताको साथ सम्पन्न पार्नको लागि लग्दा बासी, वर्तमान कास्की जिल्ला हाप्किडो संघका अध्यक्ष, ने.क.पा. एमाले पोखरा-१४ का सचिवालय सदस्य एवम् राष्ट्रिय युवा संघ जिल्ला सदस्य कास्की, पोखरा-१४ का इन्चार्ज रबिन गुरुङ ज्यूले रु. ५,१००/- आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँको योगदानको उच्च कदर गर्दै ल्होम्बाँस युवा क्लब उहाँ र उहाँको सम्पूर्ण परिवारको सु-स्वास्थ, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।
ल्होम्बाँस युवा क्लब
चापाकोट न.पा.-४, लग्दा, स्याङ्जा